logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • फ्रान्समा चार हप्ताका लागि लकडाउन घोषणा

    फ्रान्समा चार हप्ताका लागि लकडाउन घोषणा

    2.5K
    Shares

    एजेन्सी । फ्रान्समा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि चार हप्ताका लागि लकडाउनको घोषणा गरिएको छ । 

    राष्ट्रपति इम्यानुएल म्याक्रोले आगामी शनिवारदेखि लागू हुने गरी चार हप्ता लकडाउनको घोषणा गरेका हुन् । उनले एक टेलिभिजन कार्यक्रममा लकडाउनको अवधिमा अत्यावश्यक वस्तुका पसल खुला रहने बताएका बीबीसीले जनाएको छ ।

    साथै मानिसहरुलाई कार्यालयको सट्टा घरमै बसेर काम गर्न उनले बताए । मानिसहरुलाई उचित कारणविना घरबाट १० किलोमिटरभन्दा टाढा जान रोक लगाइएको छ ।

    राष्ट्रपति म्याक्रोले आगामी हप्तादेखि विद्यालयहरु पनि कम्तिमा तीन हप्ताका लागि बन्द हुने बताएको बीबीसीले जनाएको छ । यद्यपी, कोरोनाको सङ्क्रमण बढे पनि यसलाई नियन्त्रण गर्न सकिने भएकाले डराउनु नपर्ने उनले आश्वासन दिएका छन् ।

    विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशको  सूचीमा फ्रान्स चौथो स्थानमा छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend