काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि एक महिनाका लागि लकडाउन घोषणा गरिएको छ । राष्ट्रपति इमानुयल म्याँक्रोद्वारा जारी एक सार्वजनिक सन्देशमा शनिबारदेखि देशभर एक महिना लकडाउन हुने उल्लेख गरेका छन् ।
लकडाउनमा अत्यावश्यक पसलहरू मात्र खोल्न दिइने उनले बताएका छन् । उनले कार्यालयको सट्टा घरमै बसेर काम गर्न आग्रह गरिएको छ ।
मानिसहरूलाई उचित कारणविना घरबाट १० किलोमिटरभन्दा टाढा जान समेत रोक लगाइएको छ । संक्रमण फैलिन नदिने उद्देश्यले सार्वजनिक समारोहमा पूर्णरूपमा रोक लगाइएको उनले बताएका छन्।फ्रान्समा पछिल्लो २४ घण्टामा ४१ हजार ९०७ जना संक्रमित भएका छन् भने ३०३ जनाको मृत्यु भएको छ ।