काठमाडौं । म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि भएको हिंसात्मक प्रदर्शनका क्रममा पाँच सय भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् । ती मध्ये
सेनाको गोली लागेर अहिलेसम्म ४३ जनाभन्दा धेरै बालबालिकाले ज्यान गएको सेभ द चिल्ड्रेनलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
‘सैन्य कूु विरुद्ध सडक प्रदर्शन गर्ने सर्वसाधारणको घरमै गएर सेनाले मनपरी आक्रमण गरिरहेको र त्यसको चपेटमा बालबालिका परिरहेको’ बीबीसीले जनाएको छ । यस्तै म्यानमारमा सेनाको गोली लागेर घाइते भएका बालबालिकाको संख्या पनि उल्लेख्य रहेको छ ।
१३ वर्षीय बालकलाई घरभित्रै गएर गोली हानेर हत्या गरेको, ९ महिनाकी बालिकालाई आँखामा गोली लागेको र बालबालिकाहरु त्रासैत्रासमा बाच्नुपरेको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ुसेभ द चिल्ड्रेनुले जनाएको छ ।
म्यान्मारस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिले त्यहाँको सुरक्षा अवस्था अझ नराम्रो हुन सक्ने र ुनियन्त्रणबाहिरु जान सक्ने खतरा औँल्याएका छन्।
आमनिर्वाचनमा सू चीको न्याश्नल लीग फर डेमोक्र्यासीले बहुमत ल्याएपछि चुनावमा धाँधली भएको भन्दै सेनाले गत फेब्रुअरीमा सत्ता हातमा लिएको थियो। सेनाले सत्ता कब्जा गरेपछि म्यानमारमा दैनिक जसो प्रदर्शन हुने गरेका छन् ।