काठमाडाैं । सैन्य शासनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा म्यानमारको सेनाले ४३ बालबालिकाको हत्या गरेको छ ।
बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सेभ द चिल्ड्रेनले सैन्य शासनको विरोधमा प्रदर्शन सुरु भएयता सेनाले ४३ जना बालबालिकाको ज्यान लिएको जनाएकाे बीबीसीले उल्लेख गरेकाे छ ।
म्यान्मारस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिले सुरक्षा अवस्था अझ नराम्रो हुन सक्ने खतरा भएकाे बताएका छन् ।
मृत्यु हुनेमा एक ६ वर्षीया बालिका समेत छिन् । स्थानीय पर्यवेक्षण समूहकाे तथ्यांक अनुसार सैन्य शासन सुरु भए यता भएको विरोध प्रदर्शनका क्रममा हालसम्म ५ सय ३६ जनाले ज्यान गुमाइसकेका छन् ।