२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आवका लागि १० करोड ४७ लाख बजेट स्वीकृत

बिहिवार , श्रावण १, २०८२

झापा । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कलवलगुरी झापाले आगामी आर्थिक वर्षका लागि १० करोड ४७ लाख ५० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको प्रतिष्ठानको चौथो परिषद् बैठकले बजेट स्वीकृत गरेको हो । प्रदेश सरकारले एकमुष्ट रुपमा दिएको २ करोड ७० लाख र प्रतिष्ठानको आन्तरिक आम्दानी १६ लाख गरेर २ करोड ८६ लाखको कार्यक्रम बैठकले तय गरेको छ ।

त्यस्तै प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत ७ करोड ६१ लाख ५० हजार रुपैयाँ बराबरको कार्यक्रम स्वीकृत गरिएको छ । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका अनुसार यो बजेट सरकारको प्रदेश सभाबाट पारित पनि भइसकेको छ ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रतिष्ठानले कर्मचारीहरूलाई स्मार्टनेस बनाउने गरी तालिम गर्नुपर्ने बताए । उनले प्रतिष्ठानलाई सबैले चिन्ने र विश्वासिलो बनाउने गरी अगाडि बढाउन निर्देशन समेत दिए । आम मानिसले चिन्ने र बदलिदो प्रविधि अनुसार अपडेट गरेर प्रतिष्ठानलाई अगाडि बढाउन मुख्यमन्त्री कार्कीले जोड दिए ।

बैठकमा सदस्यका रूपमा प्रदेशको प्रमुख सचिव, प्रदेश लोकसेवा आयोगका अध्यक्ष योजना आयोगका उपाध्यक्ष, विभिन्न पालिकाका प्रमुख र उपप्रमुख सहभागी थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट