काठमाडौं । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले रास्वपा प्रवेश गरेका छन् ।
बिहीबार रास्वपा केन्द्रीय कार्यालयमा पार्टी प्रवक्ता मनीष झा लगायतका नेता कार्यकर्ताहरुले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।
उनले पर्यटन बोर्डको कार्यकाल सकिएलगत्तै पार्टीको सदस्यता लिएको पार्टी प्रवक्ता मनिष झाले बताए ।
स्याङ्जाका स्थायी बासिन्दा रेग्मी जलवायु परिवर्तन तथा हिमतालहरुको अध्येता हुन् भने उनी पर्यटन क्षेत्रका पनि विज्ञ हुन् । रेग्मी विभिन्न व्यवसायमा पनि संलग्न छन् ।
प्रतिक्रिया दिनुहोस