logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • आणविक कार्यक्रम स्थगित गर्न उत्तर कोरियामाथि दबाब दिन शक्ति राष्ट्रहरुको सहमति

    आणविक कार्यक्रम स्थगित गर्न उत्तर कोरियामाथि दबाब दिन शक्ति राष्ट्रहरुको सहमति

    2.3K
    Shares

    काठमाडाैं । अमेरिका, जापान र दक्षिण कोरियाले आणविक कार्यक्रम त्याग्न उत्तर कोरियालाई संयुक्त रुपमा दबाब दिने भएका छन् । ती राष्ट्रहरुको संयुक्त बैठकले उत्तर कोरियालाई आणविक कार्यक्रम स्थगन गर्न दवाव दिन सहमति भएको हो ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनका सुरक्षा सल्लाहकार र उनका जापानी समकक्षी शिगेरु कितामुरा र दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार सु हंले त्रिपक्षी सहयोगमा उत्तर कोरियालाई दवाव दिने सहमति गरेका हुन् ।

    उत्तर कोरियाको आणविक कार्यक्रमले कोरियालाी प्रायद्वीपका् सुरक्षा र वातावरणमा चुनौती थपिएको भन्दै ती राष्ट्रहरुले आणविक कार्यक्रम तत्काल स्थगनका लागि दवाव दिन थप कदम चाल्ने बताएका हुन् ।

    उत्तर कोरियाले गत हप्तामात्र मिसाइल प्रक्षेपण गरेपछि अमेरिकासँगको सम्ब्न्ध थप चिसिएको छ । राष्ट्रपति बाइडेनले सत्ता समम्हालेलगत्तै उत्तर कोरियासँग वार्ता गर्न चाहेपनि सम्भव नभएको छैन । यसअघि तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन पटक वार्ता गरेपनि कुनै सहमित भएको थिएन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend