काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ पौवामा यात्रुबाहक बस दुर्घटना भएको छ । शनिबार दिउँसो ब्रेक फेल भएर बस दुर्घटना भएको हो ।
सडकको भित्तामा ठोक्किएर रामेछापको डोरखानीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस दुर्घटनामा परेको हो ।
बसमा ३२ जना यात्रु सवार थिए । जसमध्ये २३ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस