logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • डेडिकेटेड र ट्रंकलाइनको १० अर्ब १४ करोड रुपैयाँ एक महिनामा असुल गर्न सरकारलाई लेखा समितिकाे निर्देशन 

    डेडिकेटेड र ट्रंकलाइनको १० अर्ब १४ करोड रुपैयाँ एक महिनामा असुल गर्न सरकारलाई लेखा समितिकाे निर्देशन 

    3.3K
    Shares

    काठमाडाैं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले डेडिकेटेड र ट्रंकलाइनको १० अर्ब १४ करोड रुपैयाँ बराबर बक्यौता एक महिनाभित्र असुल उपर सरकारलाई निर्देशन दिएको छ । 

    समितिको आइतबारको बैठकमा समितिले बक्यौताको जरिवाना र ब्याजसहित असुल उपर निर्देशन दिएको हो ।

    समितिले डेडिकेटेड ट्रंकलाइनको बक्यौता सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन पनि बुझेको छ । 

    विद्युत् प्राधिकरण र उद्योगीहरुबीच डेडिकेटेड लाइन र ट्रंकलाइनबाट विद्युत् उपभोग गरेबापतको शुल्क तिर्ने र नतिर्ने विषयमा विवाद कायम छ ।

    देश लोडसेडिङमा हुँदा केही उद्योगलाई प्राधिकरणले विद्युत् कटौती नगरी उपलब्ध गराएको थियो । तर व्यवसायीले महशुल तिर्न आनाकानी गर्न थालेपछि गत असारबाट डेडिकेटेट र ट्रंकलाइनबाट विद्युत् दिने व्यवस्था भने हटाइसकेकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend