logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • भारतमा माओवादीसँगकाे भिडन्तमा २२ सुरक्षाकर्मीकाे मृत्यु

    भारतमा माओवादीसँगकाे भिडन्तमा २२ सुरक्षाकर्मीकाे मृत्यु

    1.7K
    Shares

    काठमाडाैं । भारतमा माओवादीसँगकाे भिडन्तका क्रममा २२ जना सुरक्षाकर्मीको मृत्यु भएकाे छ । भिडन्तपछि २२ सुरक्षाकर्मीको शव भेटिएको छत्तिसगढका डीजी अशोक जुनेजाले बताएकाे बीबीसीले उल्लेख गरेकाे छ ।

    शनिबार छत्तिसगढको विजापुरको जंगलमा माओवादी विद्रोहीले सुरक्षाकर्मीको गस्ती टोलीमाथि आक्रमण गरेका थिए । करिब ४ घण्टासम्म दुवैतर्फ गाेली हानाहान भएकाे थियाे । 

    शनिबारको आक्रमणलाई पछिल्ला वर्षहरुकाे खतरनाक आक्रमण भनिएको छ ।

    भारतका गृहमन्त्री अमित शाहले घटनाप्रति दुःख व्यक्त गरी महान शहिदहरुको बलिदानलाई देशले नबिर्सिने बताएका छन् । उनले मृत सुरक्षाकर्मीको परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend