२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

राष्ट्रसेवक साकोसको ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ मोहनकाजी न्यौपानेलाई प्रदान

आइतवार , श्रावण ४, २०८२

विराटनगर । कृष्णप्रसाद भण्डारीद्धारा स्थापित ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ झापाका उपभोक्ता अधिकारकर्मी तथा पत्रकार मोहनकाजी न्यौपानेलाई प्रदान गरिएको छ ।

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको २८ औं स्थापना दिवसको अवसरमा सनिवार मार्सेली उपभोक्ता सचेतना पुरस्कार न्यौपानेलाई प्रदान गरिएको हो ।

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थामा २ लाख ५१ हजार रुपैयाको अक्षय कोष स्थापना गरेर उपभोक्ताको क्षेत्रमा काम गर्नेलाई पुरस्कारको व्यवस्था गरिएको थियो ।

पुरस्कारको राशी १५ हजार १ रुपैया रहेको छ । पुरस्कार हरेक वर्ष राष्ट्रसेवक साकोसको स्थापना दिवसको अवसरमा वितरण गरिने सहकारीका अध्यक्ष जीवन काफ्लेले जानकारी दिए ।

No description available.

लामो समय सरकारी सेवामा रहेर काम गरेका भण्डारीले जागिरबाट अवकास पाएपछि पनि उपभोक्ताको क्षेत्रमा काम गर्दै आएका छन् । उनी अहिले उपभोक्ता जागरण अभियानका केन्द्रिय अध्यक्ष समेत हुन् ।

भण्डारीले उपभोक्ता अधिकार पनि मानव अधिकारको एउटा पाटो भएको कारणले पनि उपभोक्ताको क्षेत्रमा काम गर्नेलाई पनि प्रोत्साहन गर्ने उदेश्यले पुरस्कारको अक्षय कोष स्थापना गरिएको बताए ।

सहकारीका अध्यक्ष जीवन काफ्लेको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सहकारी राष्ट्रसेवक कर्मचारीबाट अवकाश पाएका पुर्व सहकारी रजिस्ट्रार हरि बहादुर खत्रीलाई पनि सम्मान गरेको छ ।

रास्ट्रसेवक सहकारीको २८ औं स्थापना दिवस तथा सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले सहकारी क्षेत्रको प्रगती भइरहेको बताए । उनले सहकारी सुदृढीकरणको लागि अभियान र सरकार दुबै लागेको बताए ।

No description available.

कार्यक्रममा सम्मानित ब्यक्तित्व मोहन काजी न्यौपानेले सम्मानले उपभोक्ताको क्षेत्रमा काम गर्ने जिम्मेवारी थपिदिएको बताए । उनले उपभोक्ताको क्षेत्रमा काम गर्न अझै धेरै बाकी रहेको स्पष्ट पारे ।

कार्यक्रममा पुर्व रजिस्ट्रार हरि बहादुर खत्रीले अवकाश पछिको बाकी जीवन सहकारी क्षेत्रमा बिताउने प्रतिवद्द्ता ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट