२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता, खोजीकार्य जारी

बुधवार , श्रावण ७, २०८२

सुर्खेत । भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । दाङ निवासी वर्ष ३५ का टिपर चालक मनिराम चौधरी र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–३ का उमेर नखुलेका धनवीर बराइली र पहिचान नखुलेका एक जना गरी तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

गएराति ८ बजे यती बिल्डर्सको रा १ क १५०१ नम्बरको टिपर सडकबाट सिधै नदीमा खसेको इलाका प्रहरी कार्यालय आठबीसकोटले जनाएको हो ।

‘चालक बाहेक अरू दुई जना एक्स्काभेटर अपरेटर र अपरेटरको हेल्पर रहेको खुलेको छ। उनीहरू कार्यस्थल आठबीसकोट–११ चिसापानीबाट आठबीसकोट–१४ छेपारेतर्फ फर्किदै गर्दा दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ।

बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको छ ।

भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट