Logo मंगलवार, बैशाख ७ गते २०७८
मंगलवार, बैशाख ७ गते २०७८
images

नयाँ प्रकारको कोरोना संक्रमण भएका कञ्चनपुरका एक पुरुषको मृत्यु

नयाँ प्रकारको कोरोना संक्रमण भएका कञ्चनपुरका एक पुरुषको मृत्यु

images
images
  • सुनाैलाे नेपाल
  • चैत्र २५, २०७७ बुधवार ०७:४६ बजे
  • 493
    SHARES
  • धनगढी । नयाँ प्रकारको कोरोना संक्रमण भएका कञ्चनपुरका एक पुरुषको मृत्यु भएको छ ।

    जिल्लाको भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको हो । उनको कञ्चनपुर स्थित महाकाली अस्पतालमा उपचार भइरहेको थियो ।

    भारतको गुजरातबाटै कोरोना संक्रमित भएर आएका उनको नेपालमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

    महाकाली अस्पतालका व्यवस्थापक दीपेन्द्र रावलले दिएको जानकारी अनुसार २२ गते अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको हो ।

    सुदूरपश्चिम प्रदेशमा नयाँ प्रकारको कोरोना संक्रमण भित्रिएपछि पहिलो पटक सङ्क्रमितको मृत्यु भएको हो । 

    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण
  • # संक्रमितको मृत्यु

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images