logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • जर्जियाका प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित

    जर्जियाका प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित

    3K
    Shares

    जर्जिया । जर्जियाका प्रधानमन्त्री इराक्ली गारिबाश्भीलीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । उनको कोरोना परीक्षण गर्दा मङ्गलबार सङ्क्रमण पुष्टि भएको उनी निकटस्थ अधिकारीहरूले जानकारी दिएका छन् ।

    कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनी अहिले सेल्फ आइसोलेसनमा बस्नुभएको छ । उनले सेल्फ आइसोलेसनबाटै आफ्नो कामलाई भने निरन्तरता दिनुभएको जनाइएको छ ।

    कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भए पनि प्रधानमन्त्रीले कुनै असहज महसुस नगरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

    जर्जियामा मङ्गलबार मात्रै उनीसँगै अरु ८९७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै जर्जियामा अहिलेसम्म दुई लाख ८४ हजार ९५८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको तथ्याङ्क छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend