२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

रेसुङ्गामा हावाबाट ऊर्जा परियोजना स्थापना गर्ने तयारी

शनिवार , श्रावण १०, २०८२

गुल्मी । रेसुङ्गा नगरपालिका–७ मा १०० किलोवाट क्षमताको हावाबाट ऊर्जा परियोजना स्थापना गर्ने तयारी गरिएको छ ।

सो वडाका सर्वदलीय र सर्वपक्षीय बैठकमा सबैले सहमति जनाएपछि सो परियोजना सुरु गर्ने निर्णय गरिएको सो वडाका वडाध्यक्ष रामप्रसाद पन्थीले जानकारी दिए ।

वडाध्यक्ष पन्थीले अर्जुन क्षेत्रलाई पर्यटकीय गन्तव्य स्थल मात्र नभई, हावाद्वारा ऊर्जा उत्पादनको उपयुक्त केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको बताए ।

उनले दुई वर्षअघि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा सिफारिस गरिसकेको र हाल ऊर्जा मन्त्रालयले सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढाएको जानकारी दिए ।

अर्जुनबाट उनायचौर सवस्टेशनको दुरी करिब ८०० मिटर मात्र भएकाले उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा बिक्री गर्न सकिने बताइएको छ ।

उक्त परियोजनाबाट दैनिक आठ हजार, मासिक दुई लाख ४० हजार र वार्षिक २८ लाख ८० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने प्रारम्भिक अनुमान छ ।

आयोजनाको प्रारम्भिक चरणका लागि एक करोड ५० लाख रुपैयाँ लगानीमा सम्भाव्यता अध्ययन तथा आवश्यक प्रारम्भिक संरचना तयार गर्ने योजना छ । सो लगानीमा वडावासीलाई सेयरमार्फत सहभागी गराइने र बाँकी बजेट प्रदेश, सङ्घ र वैकल्पिक ऊर्जा केन्द्रबाट समन्वय गरी जुटाइने बताइएको छ ।

वडाका सम्पूर्ण जनप्रतिनिधिहरूले योजना उपयुक्त रहेकाले ऐक्यबद्धता जनाएका छन् । चालु आर्थिक वर्षमा सो वडामा नगरपालिकाबाट प्राप्त बजेट लक्षित क्षेत्रबाहेक अन्य भौतिक पूर्वाधार निर्माणमा खर्च नगरी सोही काममा खर्च गर्ने सर्वदलीय सहमति भएको छ । - रासस

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट