चितवन । चितवनको भरतपुर महानगर वडा नं. १२ मुनालचोक स्थित सिर्जनशिल टोलमा निशुःल्क आँखा शिविर सम्पन्न भएको छ ।
सिर्जनशिल टोल विकास संस्थाको आयोजना र चितवन मेडिकल कलेजको प्राविधिक समन्वयमा सो शिविर सम्पन्न भएको हो ।
सिर्जनशिल टोल विकास संस्थाका अध्यक्ष बाबुराम अधिकारीले समृद्विका लागि विभिन्न कार्यक्रम गर्ने अभियान अन्तर्गत आँखा शिविर आयोजना गरिएको बताए ।
शिविरबाट २ सय ५० जना बढी लाभान्वित भएका थिए । शिविरमा आएका सर्वसाधारणका लागि आवश्यकता अनुसार औषधी र चस्मा वितरण गरिएको आयोजक संस्थाका सचिव बालकृष्ण सापकोटाले जानकारी दिए। शिविरमा आँखा जाँच गराउँदा समस्या देखिएका बिरामीहरुलाई ६० प्रतिशत छुटमा चितवन मेडिकल कलेजमा नै उपचार गर्ने प्रबन्ध गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि दिनेशकुमार चुकेले टोललाई समृद्ध बनाउने अभियानमा विभिन्न खालका स्वास्थ्य शिविर उपयोगी सावित भएको बताए। उनले आगामी दिनमा पनि यस्ता अभियान जारी राख्नुपर्ने धारण राखे ।
प्रतिक्रिया दिनुहोस