विराटनगर । रसुवाको तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दुई जना मृत फेला परेका छन् ।
आइतबार गोसाइँकुण्डमा स्नान गर्ने क्रममा विराटनगर महानगरपालिका–३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने बेपत्ता भएका थिए ।
उनीहरू दाजुभाइ (मामा–फुपुका छोराहरू) हुन् । सोमबार बिहान १० बजे मृत अवस्थामा उनीहरू फेला परेको प्रहरीले जनाएको छ ।
मृत भेटिएका दाजुभाइको शव काठमाडौं ल्याउने प्रयास भइरहेको छ ।
उनीहरु एक जना चिप्लिएपछि अर्काले उद्दार गर्न खोज्दा दुवै जना बेपत्ता भएका थिए ।
प्रतिक्रिया दिनुहोस