२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

हायु परिवार बेपत्ता : मोबाइल फोनको अन्तिम लोकेशन रामेछाप देखियो

सोमवार , श्रावण १२, २०८२

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएका एकै परिवारका १६ जना बेपत्ता भएपछि अहिले प्रहरीले खोजतलास सुरु गरेको छ ।

गाउँबाट उर्मिला हायुको १६ जनाको परिवार हराएको हो ।

हराएका एकै परिवारका १६ जनाको अन्तिम लोकेशन रामेछाप देखिएको छ । उनीहरु गत बिहीबार राति या शुक्रबार बिहानदेखि हराएका हुन् ।

उनीहरू सुनकोशी तरेर रामेछापतिर लागेको मोबाइल फोनको लोकेशनले पुष्टि गरेको छ । तर सोमबार भने उर्मिला हायुको परिवारका कुनै पनि सदस्यको फोन लागेको छैन । उनीहरु सबैको फोन स्विच अफ छ ।

स्थानीय उर्मिला हायुसहित उनको परिवारका १६ जना बेपत्ता भएको सोमबार बिहान थाहा भएको थियो ।

घर छाडेर बेपत्ता हुनेमा उर्मिला हायुसहित उनका ६ जना छोरा, ६ जना छोरी, १ जना बुहारी, १ जना नातिनी र १ जना ज्वाइँसमेत रहेका छन् ।

हायु परिवारले सीमान्तकृत समुदायको सदस्यका रूपमा भत्ता पाउने गरेका थिए । उनीहरूले गत बिहीबार राज्यबाट प्राप्त हुने भत्ता एकैसाथ बैंकबाट बुझेका थिए । उनीहरु शनिबारयता बेपत्ता भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट