२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

सिन्धुलीबाट बेपत्ता हायू परिवार पोखरामा भेटिए, गाडी रिजर्भ गरेर पोखरा पुगेका थिए

सोमवार , श्रावण १२, २०८२

पोखरा । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँबाट बेपत्ता भएका एकै परिवारका १६ जना पोखरामा भेटिएका छन् ।

गाउँबाट उर्मिला हायुको १६ जनाको परिवार हराएको थियो । उनीहरूलाई पोखराको माथिल्लो गौँडगौडा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरु गत बिहीबार राति या शुक्रबार बिहानदेखि हराएका थिए ।

कास्की प्रहरीका अनुसार उनीहरुले आफूहरू मजदुरी (लेबर) गर्न काम पोखरा आएको बताएका छन् ।

उनीहरू गौँडगौडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा फेला परेका हुन् । उनीहरु दुई घरमा बाँडिएर बसेका थिए । उनीहरू पोखरामा बस्ने योजनासहित नै गएको देखिएको प्रहरीले जनाएको छ ।

उनीहरू गत शनिबार पोखराको होटल जननीमा बसेका थिए । शनिबार आएर उनीहरू आइतबार होटलबाट चेक आउट गरेर निस्किएका थिए ।

प्रहरीका अनुसार उनीहरूले सिन्धुलीबाट गाडी रिजर्भ गरेर पोखरा आएको खुलेको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले १६ जना बेपत्ता भएको भन्दै नामावली सहित जानकारी दिएको थियो । त्यसपछि प्रहरीको अनुसन्धानका क्रममा सुजता हायू भने श्रीमान्‌सँग काठमाडौँमा बस्दै आएको खुलेको थियो ।

https://sunaulonepal.com/content/374446/

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट