२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

८१ वर्षीया कालमायाले बल्ल पाइन् नागरिकता

शनिवार , श्रावण १७, २०८२

उदयपुर । उदयपुरको चौदण्डी गढी नगरपालिका–१ की ८१ वर्षीया वृद्धाले नागरिकता प्रमाणपत्र प्राप्त गरेकी छन् । कालमाया राईलाई शुक्रबार नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

चौदण्डी गढी नगरपालिका–१ का वडाध्यक्ष लुङगराज राईको रोहबरमा वृद्धा राईले नागरिकताप्राप्त गरेको वडाध्यक्ष राईले जानकारी दिए ।

खोटाङको जन्तेढुङ्गा गाउँपालिका जन्मघर भएको वृद्धा राईको चौदण्डी गढी–१ मा विवाह भएर आएपछि पनि नागरिकता प्रमाणपत्र लिन ढिलाइ गरेको र १५ वर्षअघि नै श्रीमान्को मृत्यु भएपछि वृद्धालाई नागरिकता लिन झनै समस्या रहँदै आएको थियो ।

बूढेसकालमा नागरिकताविहीन वृद्धलाई सामाजिक सुरक्षाभत्ता र राज्यबाट प्राप्त हुने अन्य सेवासुविधाबाट समेत वञ्चित हुनुपरेकाले वडाध्यक्षको रोहबरमा नागरिकता दिलाइएको हो ।

वृद्धा राईले यसअघि देखिनै नागरिकता लिने प्रयास गरेको भए आफन्त कसैले चासो नदिएको र ज्ञानको अभावबाट नागरिकता प्रमाणपत्रबाट वञ्चित हुँदै आउनुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले चौनपा–१ का वडा प्रतिनिधिहरुको रोहबरमा वृद्धा राईले नागरिकता लिएको र अब सामाजिक सुरक्षा भक्ता र राष्ट्रिय परिचयपत्रको व्यवस्था गर्न पहल गरिएको प्रजिअ बताए ।

वास्तविक नेपाली नागरिक भएर नागरिकता प्रमाणपत्रबाट वञ्चित हुनु दुःखद् भएको प्रजिअ लुइँटेलले बताउनुभयो । वृद्धा राईको तीन भाइ, दुई सन्तान रहेको चौनपा–१ का वडाध्यक्ष राईले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट