logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सैनिक हत्याको आरोपमा म्यान्मारमा १९ जनालाई मृत्युदण्डको घोषणा 

    सैनिक हत्याको आरोपमा म्यान्मारमा १९ जनालाई मृत्युदण्डको घोषणा 

    2.1K
    Shares

    याङगुन। म्यान्मारका सेनाका एक सदस्यको हत्या र अर्कोलाई घाइते गरेको आरोपमा  सैनिक अदालतले  १९ जनालाई मृत्युदण्डको फैसला सजाय सुनाइएको छ ।

    सेनाले गत महिनाबाट मार्सल कानुनको घोषणा गरेदेखि मृत्युदण्ड दिन लागेको यो  पहिलोपटक हो । मृत्युदण्ड सुनाइएका १९ जनाले मार्च २७ मा सशस्त्र बल दिवसको दिन उत्तर ओक्कलापा बस्तीमा दुईजना सैनिक कर्मचारीसहित अन्य व्यक्तिलाई छुरी तथा घरेलु हतियार प्रहार गरी आक्रमण गरेको आरोप लगाइएको छ ।  

    मार्च २७ का दिन म्यान्मारका विभिन्न स्थानमा गरिएको विरोधका क्रममा सुरक्षाकर्मीले जनता माथि चरम दमन गर्नुका साथै कम्तीमा २७ जना प्रदर्शनकारीले ज्यान गुमाएका थिए ।सैन्य शासनको विरोधमा लगातार दुई महिना बढीदेखि भइरहेका प्रदर्शनमा  शुक्रबारसम्म ४८ बालबालिकासहित छ सय १४ जना मारिएको जनाइएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend