पोखरा । तनहुँको ऐना पहरामा यात्रुबाहक बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा ७ जना घाइते भएका छन् ।
गोरखाबाट नारायणगढ जादै गरेको ग२ख १०७७ नम्बरको बस आइतबार दिउँसो ऐना पहरामा दुर्घटना भएको हो ।
तनहुँ प्रहरीका सूचना अधिकारी डिएसपी अशोक थापाका अनुसार घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।
प्रहरीका अनुसार यात्रु झारेर बस रोकेको र चिप्लिएर सडक दुर्घटना भएको जनाइएको छ ।
उक्त बस नारायणगढबाट गोर्खातर्फ जाँदै गरेको थियो । घाइतेहरुलाई उद्धार गरेर आँबुखैरेनी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस