logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • भारतमा एकै दिनमा एक लाख ६८ हजार बढी काेराेना संक्रमित, आईसीयू र भेन्टिलेटरको अभाव

    भारतमा एकै दिनमा एक लाख ६८ हजार बढी काेराेना संक्रमित, आईसीयू र भेन्टिलेटरको अभाव

    1.8K
    Shares

    काठमाडाैं । भारतमा पछिल्लाे २४ घण्टामा एक लाख ६८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

    भारतमा पछिल्लो साता तीव्र रुपमा कोराेना संक्रमित बढीरहेका छन् । 

    भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ३५ लाख २७ हजार पुगेको छ । अहिलेसम्म एक लाख ७० हजार एक सय ७९ जनाकाे संक्रमणका कारण मृत्यु भइसकेकाे छ । 

    भारतमा तीव्र गतिमा काेराेना फैलिएपछि विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

    भारतमा अहिले १२ लाख जना सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरुको उपचारको लागि आईसीयू र भेन्टिलेटरको अभाव भइरहेको पनि भारतीय सञ्चारमाध्यमले समाचार प्रकाशन/प्रशारण गर्न थालेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend