logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • रुसी खोप ‘स्पुतनिक भी’ लाई भारतले दियो अनुमति

    रुसी खोप ‘स्पुतनिक भी’ लाई भारतले दियो अनुमति

    3.1K
    Shares

    नयाँदिल्ली । भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड सङ्क्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ ।

    भारतमा रुसी खोप उत्पादन र वितरणको जिम्मेवारी लिएको डा रेड्डीज ल्याबोरेटोरिजका सहअध्यक्ष एवं व्यवस्थापन निर्देशक जीभी प्रसादले विज्ञप्तिमा जारि गर्दै जानकारी दिएका छन् । 

    भारतमा हाल सेरम इन्स्टिच्यूटले उत्पादन गरेको अस्ट्राजेनिकाको कोभिसिल्ड र भारत बायोटेकको कोरोनाभ्याकलाई अनुमति दिइएको छ । भारतमा  दैनिक कोभिड सङ्क्रमितको संख्या एक लाख बढी छ । 

    रसियन डाइरेक्ट इन्भस्टमेन्ट फन्ड आरडिआइएफको आर्थिक सहयोगमा विकास गरिएको स्पुतनिक भी लाई भारतमा उत्पादन अनुमति दिइएको छ । भारतमा यो खोप ८५ करोड २० लाख डोज उत्पादन हुनेछ ।भारतमा हालसम्म करिब एक करोड ८ लाख मानिसलाई खोप दिइसकिएको छ । भारत विश्वकै ठूलो खोप उत्पादक राष्ट्र हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend