काठमाडाैं । भारतमा पछिल्लाे २४ घण्टामा १ लाख ८४ हजार ३७२ जना संक्रमित थपिएका छन् । याे अहिलेसम्मकाे बढी हाे ।
याे अवधिमा मृत्यु हुनेकाे संख्या पनि एक हजार नाघेकाे छ । भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन १०२७ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे हाे ।
भारतमा अहिलेसम्म १ कराेड ३८ लाख ७ हजार भन्दा धेरै संक्रमित भएका छन् । उनीहरुमध्ये १ लाख २७ हजार भन्दा बढीकाे मृत्यु भएकाे छ । भारतका विभिन्न शहरमा फेरि लकडाउन लागू गरिएकाे छ।