काठमाडौं । नयाँ भेरियन्टको कोरोना तीव्र बढेपछि भारतको राजधानी दिल्लीमा कर्फ्यू घोषणा गरिएकाे छ ।
दिल्ली सरकारका मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रबारदेखि सोमबारसम्म कर्फ्यु घोषणा गरेका हुन् ।
मुख्यमन्त्री केजरीवालले कोभिडविरुद्ध लड्न लकडाउन सबैभन्दा उपयुक्त विकल्प रहेको बताएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।