२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

पर्यटकीय स्थल गंगा खोला संरक्षण गर्न श्रमदान अभियान

सोमवार , श्रावण २६, २०८२

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका– ६ बैकुण्ठेका स्थानीय श्रमदानमार्फत धार्मिक पर्यटकीय क्षेत्र गंगा खोलाको संरक्षणमा जुटेका छन् । यस स्थानको संरक्षण तथा विकास गर्ने लक्ष्यले स्थानीयवासी श्रमदान अभियानमा जुटेका हुन् ।

वडा कार्यालयको पहलमा ‘गंगा खोला संरक्षण श्रमदान’ अभियानमार्फत गंगा खोला आसपासमा वृक्षरोण गर्ने, फूल रोप्ने, बाटो मर्मत गर्ने, झाडी हटाउने, मुहानको सरसफाइ गर्नेलगायतको काम भइरहेको वडाध्यक्ष एकराज आचार्यले बताए । यो पर्यटकीय क्षेत्रको विकासमा स्थानीय एकजुट भएर लागेको उनको भनाइ छ ।

“श्रमदानबाट गंगा खोलाको संरक्षण गरिरहेका छौँ”अध्यक्ष आर्चायले भने,“मानिसको आवतजावतलाई सहज बनाउन बाटो मर्मत गर्ने बिरुवा रोप्ने, झाडी हटाउने लगायतका काम गरिरहेका छौँ ।” गंगा खोलाका सबै मुहान कहिले नसुक्ने, वर्षातको समयमा धमिलो नहुने तथा मुहान दक्षिणबाट उत्तर तर्फ बगेकाले यसको छुट्टै महत्व रहेको वडाध्यक्ष आचर्यले बताए । यो क्षेत्रको विकासको लागि धेरै बजेट आवश्यक पर्ने भए पनि वडाले श्रमदानसँगै केही बजेट विनियोजन गरेर संरक्षणको काम गरिरहेको उनको भनाइ छ ।

गोल्मे–गंगा पर्यटन प्रवद्र्धन समितिको संयोजन र वडाको पहलमा श्रमदान अभियान सञ्चालन भइरहेको अध्यक्ष आचार्यले बताए। गत वर्षबाट नै श्रमदानमार्फत यहाँ काम गर्दै आएको उनको भनाइ छ । प्रत्येक हप्ताको शनिबारको दिन गंगा खोलामा श्रमदान हुँदै आएको छ । गंगा खोलाको समग्र विकास, पर्यटन प्रवद्र्धन र संरक्षणको लागि वडाको निर्णय अनुसार संरक्षण श्रमदान भइरहेको छ ।

वडाका स्थानीयबासी एकजुट भएर गंगा खोलाको संरक्षण गरिरहेको गोल्मे–गंगा पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष राजेन्द्रकुमार राईले जानकारी दिए। ढुङ्गाको कापबाट उम्रिएका तीन वटा पानीको ठूला मुहान रहेको यो स्थानमा दर्शन गरे मनोकाङ्क्षा सिद्ध हुने धार्मिक विश्वासले भक्तजनहरु आउने अध्यक्ष राईले जानकारी दिए ।

अनौठो प्रकृतिको धार्मिक तथा पर्यटकीयस्थल रहेको भए पनि प्रचार अभावमा ओझेलमा परेको उनको भनाइ छ । स्थानीयस्तरबाट यहाँको संरक्षणको काम थालिएको उनले जानकारी दिए । यहाँको पानीले नुहाएमा छालाको रोग निको हुने तथा कुनै पनि पुण्य कर्ममा चढाउने चलन रहेको उनले जानकारी दिए । यहाँ माघे सङ्क्रातिमा भव्य मेला लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट