logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • भारतमा दैनिक २ लाखभन्दा बढी कोरोना संक्रमित, १ हजारभन्दा बढीको मृत्यु

    भारतमा दैनिक २ लाखभन्दा बढी कोरोना संक्रमित, १ हजारभन्दा बढीको मृत्यु

    2.9K
    Shares

    काठमाडाैं । भारतमा पछिल्लाे २४ घण्टामा २ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख १७ हजार ३५३ जनामा संक्रमण देखिएको हो । यस्तै, १ लाख १८ हजार ३०२ जना संक्रमण मुक्त भएका छन् ।

    एक हप्तासम्म १ लाख भन्दा बढी संक्रमण देखिएकाे भारतमा बिहीबार एकैदिन थपिने संक्रमितको संख्या २ लाख नाघेको हाे ।

    शुक्रबार बिहानसम्ममा थप १ हजार १८५ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएकाे छ । भारतमा संक्रमितको दरसहित मृत्यु दर पनि बढ्दै गएको छ । 

    भारतमा १ करोड ४२ लाख ९१ हजार ९१७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेकाे छ भने १ लाख ७४ हजार ३०८ जनाको मृत्यु भइसकेको छ । हाल भारतभर १५ लाख ६९ हजार ७४३ सक्रिय कोरोना संक्रमित रहेका छन् ।

    पछिल्लाे समय भारतका विभिन्न राज्यमा लकडाउन गरिएकाे छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend