logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • वैशाख ६ र ७ गते बालबालिकालाई  भिटामिन ए तथा जुकाको औषधि खुवाइँदै

    वैशाख ६ र ७ गते बालबालिकालाई  भिटामिन ए तथा जुकाको औषधि खुवाइँदै

    7.5K
    Shares

    काठमाडौं । सरकारले यही वैशाख ६ र ७ गते ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गर्दै छ ।

    यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने छ । ६ गते खान छुटेकालाई ७ गते खुवाउने कार्यक्रम रहेको छ । 

    आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । यद्यपी, कोरोना संक्रमणबाट बच्नका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न र गराउन पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

    सरकारले हरेक वर्ष बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने गर्दै आएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend