२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

ऐतिहासिक रथयात्रा प्रदेशको धार्मिक, सांस्कृतिक र ऐतिहासिक गौरवको प्रतीक : मुख्यमन्त्री कार्की

आइतवार , भाद्र १, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगरमा हुने ऐतिहासिक रथयात्रा प्रदेशको धार्मिक, सांस्कृतिक र ऐतिहासिक गौरवको प्रतीक भएको बताएका छन । राधाकृष्ण रथयात्राको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले यस पर्वले प्रदेशको गौरव बढाउनुका साथै सामाजिक एकता, सहिष्णुता र साझा संस्कृतिको उदाहरण प्रस्तुत गरेको उल्लेख गरे ।

उनले भने , “कोशी प्रदेश विविधतायुक्त प्रदेश हो। यो प्रदेशको राजधानी विराटनगरमा बृहत रूपमा मनाइने रथयात्राले हाम्रो धार्मिक सहिष्णुता, सांस्कृतिक परम्परा र ऐतिहासिक महत्वलाई झल्काउँछ। यसले हाम्रो प्रदेशलाई सांस्कृतिक रूपमा अझ सबल र समृद्ध बनाउँछ।”

मुख्यमन्त्री कार्कीले १९८८ सालमा खटयात्राको रूपमा सुरु भई २०७९ सालदेखि रथयात्राको रूपमा निरन्तर सञ्चालन हुँदै आएको यस पर्वले विराटनगर मात्र नभई सम्पूर्ण प्रदेशमा एकताको बलियो सन्देश फैलाएको बताएका छन । उनले जातजाति, धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै रथयात्रा जस्ता पर्वले विविधताभित्रको एकताको भाव प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

सन्देशमा उनले नेपालको राष्ट्रिय अभियान ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई सफल बनाउन पर्यटन विकास महत्वपूर्ण भएको र रथयात्रा जस्ता सांस्कृतिक कार्यक्रमले पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याउने बताए । भारतका विभिन्न स्थानबाट भक्तजन आउने यस पर्वलाई अझ भव्य र व्यवस्थित बनाउन प्रदेश सरकार आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

रथयात्राले परम्परागत धार्मिक संस्कारसँगै सांस्कृतिक मूल्यको संरक्षण गर्दै प्रदेशमा सामाजिक सद्भाव, आपसी एकता र पर्यटन प्रवर्द्धन गर्न मद्दत पुग्ने मुख्यमन्त्री कार्की के विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट