काठमाडाैं । भारतमा कोरोना संक्रमित तीव्र गतिमा बढिरहेकाे छ । बुधबारमात्र तीन लाख १५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । भारतमा एकैदिन यति ठूलो संख्यामा संक्रमित पाइएको यो पहिलो पटक हो ।
विश्वभर एक देशमा यति ठूलो संख्यामा संक्रमित पाइएको यो पहिलो पटक हो । यसअघि अमेरिकामा ८ जनवरीमा तीन लाख ७ हजार जनामा संक्रमण पाइएको थियो ।
भारतमा मृत्युको तथ्यांक पनि डरलाग्दो ढङ्गले बढेको छ । बुधबार भारतमा कोरोना संक्रमणका कारण २ हजार १०१ जनाको मृत्यु भएको छ । यसअघि मंगलबार २ हजार २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
भारतमा अहिले २२ लाख ८४ हजार सक्रिय संक्रमित छन् ।