धनगढी । आइसोलेसन लैजाने क्रममा कैलालीबाट सात जना कोरोना संक्रमित एम्बुलेन्सबाटै भागेका छन् । उनीहरु सबै भारतीय नागरिक हुन् ।
बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका उनीहरुको त्रिनगर नाकामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।
सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी-१५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा उनीहरु भागेको सँगै बसेका संक्रमितलाई उदृत गर्दै त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्य कार्यालय कैलालीका कर्मचारी जयराज ढुंगानाले जानकारी दिए ।