काठमाडौं । भारतको उत्तराखण्डमा फेरि हिमताल फुटेको छ । भारत–चीन सीमा क्षेत्र नजिक चमोलीको जोशीमठ भन्ने स्थानमा शुक्रबार हिमताल फुटेको सूचना आएको उत्तराखण्ड सरकारले जनाएको छ ।
सो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले पूरा जानकारी लिन कठिन भइरहेको उत्तराखण्ड प्रहरीले ट्वीटमार्फत जानकारी गराएकाे छ । प्रहरी अधिकारीहरुले शनिबार साँझसम्ममा पूरा विवरण आउनसक्ने अनुमान गरेका छन् । याे क्षेत्रमा मानिसकाे बसाेबास कम भएकाले धेरै क्षति नभएको अनुमान गरिएको छ ।
यसअघि गएकाे फागुनमा पनि हिमताल फुट्दा ठूलाे जनधनकाे क्षति भएकाे थियाे । त्यतिबेला ५० भन्दा बढीकाे शव फेला परेकाे थियाे भने डेढ सय मानिस सम्पर्कविहीन भएकाे बताइएकाे थियाे ।
हिमताल फुटेर नदीमा आएको बाढीको कारण नदीमा बनिरहेको बाँध तथा पुलहरु बगाएको थियो । बाढीको कारण चमाेली जलविद्युत् आयोजनाको लागि ड्याम बनाउन खटिएका मजदुरहरुले ज्यान गुमाएका थिए ।