logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • भारतमा कोरोनाबाट एकैदिन २६२४ जनाको मृत्यु, ३ लाख ४६ हजार संक्रमित

    भारतमा कोरोनाबाट एकैदिन २६२४ जनाको मृत्यु, ३ लाख ४६ हजार संक्रमित

    2.7K
    Shares

    काठमाडाैं । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण हरेक दिन बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट २६२४ जनाको मृत्यु भएको छ ।

    भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ८९ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ८९ हजार ५४४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३ लाख ४६ हजार ७८६ जना संक्रमित पुष्टि भएको छ । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड ६६ लाख १० हजार ४८१ पुगेको छ ।

    भारतमा अहिलेसम्म एक करोड ३८ लाख ६७ हजार ९९७ जना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा २ लाख १९ हजार ८३८ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

    हाल भारतमा २५ लाख ५२ हजार ९४० कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend