२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

स्याङ्जामा करेन्ट लागेर एक युवकको मृत्यु

शनिवार , भाद्र ७, २०८२

वालिङ (स्याङ्जा) । जिल्लाको पुतलीबजार नगरपालिका–९ कोल्मामा आज दिउँसो करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

बिजुलीको पोलमा चढेर इन्टरनेटको काम गर्ने क्रममा रौतहट गुज्रा नगरपालिका–१ रङ्गपुर घर भई हाल पोखरा फाइबर नेटमा काम गर्दै आएका २५ वर्षीय अरुणकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिए ।

पुतलीबजार–१ ठाडोलाइनमा डेरा गरी बस्दै आएका चौधरीले नेटको कामका लागि बिजुलीको पोलमा चढ्न आल्मुनियमको भर्‍याङ अड्याउने क्रममा बिजुलीको तारमा भर्‍याङले छुँदा घाइते भएका थिए । निजको उपचारका क्रममा मृत्यु भएको जनाउँदै उनले घटनाबारे आवश्यक अनुसन्धान थालिएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट