
दैलेख । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन थालेपछि बैशाख १४ गते मध्यरातदेखि सुर्खेतमा एकसाताको लागि निषेधाज्ञा घोषणा गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड–१९ को नयाँ भेरियन्टसहितको संक्रमण छिमेकी जिल्ला बाँके, बर्दिया लगाएत सुर्खेत जिल्लामा पनि तीब्ररुपमा बढ्दै गएको भन्दै एक साताका लागि निषेधाज्ञा घोषणा गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार वैशाख १४ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म का लागि निषेधाज्ञा लागू गरिएको हो। सुर्खेतमा लकडाउन उल्लंघन गरे बापत रु १०० को जरिवाना र दुई घण्टा होल्डिङ सेन्टरमा बस्नुपर्ने व्यवस्था रहेको छ । निषेधाज्ञाको तेस्रो दिन सुर्खेतको अवस्थालाई सुनौलो नेपालका रमेश परियारले कैद गरेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend