logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • मुगुमा आगलागी हुँदा दुई बालबालिका बेपत्ता, एक घर जलेर नष्ट

    मुगुमा आगलागी हुँदा दुई बालबालिका बेपत्ता, एक घर जलेर नष्ट

    2K
    Shares
    मुगुमा आगलागी हुँदा दुई बालबालिका बेपत्ता, एक घर जलेर नष्ट

    सनत हमाल, मुगु । मुगु जिल्लाको खत्याड गाउँपालिका वडा नम्बर २ गाडेखोलाको एक घरमा आगलागी भएको छ । आइतबार राती भएको आगलागीमा एकै घरका दुई बालक बेपत्ता भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाका अनुसार राती गोठमा आगलागी भएको थियो । आमा सरस्वती सन्ज्यालसहित १४ वर्षीय छोरा विशाल सन्ज्याल र १२ वर्षीय छोरी झरना सन्ज्याल घरको गोठमा सँगै सुतेका थिए ।

    आगलागीपछि आमा बाहिर निस्कन सफल भए पनि छोराछोरी ननिस्कीएको र जलेर खरानी भएको हुनसक्ने प्रहरीले जनाएको छ। पीडित सरस्वतिका श्रीमान हाल कामको खोजिमा भारत रहेका छन् ।

    घटना लगतै प्रहरी चौकी श्रीकोटबाट प्रहरीको टोली घटना स्थलमा पुगेको थियो । अहिले स्थानियहरुको सहभागितामा आगो नियन्त्रण प्रयास भइरहेको छ । सोमबार बिहानसम्म पनि आगो नियन्त्रणमा आएको छैन ।

    घरमा काठपनी राखेको र घरमा कच्ची काठ प्रयोग गरिएकाले आगो झन दन्किएको बताइएको छ । सोमबार बिहानसम्म पनि २ बच्चा नभेटिएको र आमाले बच्चा बाहिर ननिस्किएको भनी विलौना गरिरहेकाले दुबै बालबालिका जलेर खरानी भैसकेको हुनसक्ने प्रहरी नायब उपरीक्षक थापाले बताए ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend