logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिले बलिङ गर्दै नेपाल

    वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिले बलिङ गर्दै नेपाल

    2.2K
    Shares
    वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिले बलिङ गर्दै नेपाल

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजको ‘ए’ विरुद्ध पहिले  बलिङ गर्ने भएको छ ।  नेपालले टस जितेर पहिले  बलिङ गर्ने निर्णय लिएको हो ।

    त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।नेपालसँग मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली बुधबार काठमाडौँ आइपुगेको हो । क्यारेबियन टोलीका खेलाडीले शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नियमित अभ्यास पनि गरेका थिए ।

    कुशल भुर्तेलअनिल शाह (विकेटकिपर)रोहित पौडेलगुलशन झादीपेन्द्रसिंह ऐरीकुशल मल्लअभिनाश बोहराप्रतिश जि.सी. विवेक यादवललित राजवंशी र कमलसिंह ऐरी बेन्च – आसिफ शेख, सन्दीप जोरासोमपाल कामी, करण केसी, आकाश चन्द, सागर ढकालविनोद भण्डारी, लोकेश बम र आरिफ शेख .

    आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो । वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो । नेपालसँगै वेस्ट इन्डिजसले पनि आगामी टी–२० विश्वकप खेल्दै छ ।

    यसअघि नेपाल र वेस्ट इन्डिजबिच एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ । सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल र वेस्ट इन्डिजबिच खेल भएको थियो । सो खेलमा क्यारेबियन टोली एक सय एक रनले विजयी भएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend