काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा ४ लाख ८ हजार ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या भारतमा एकै दिन देखिएका संक्रमितको अहिलेसम्मकै बढी हो।
यस्तै पछिलेलो २४ घन्टामा ३ हजार ५ सय २२ जनाको मृत्यु भएको छ।
भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ७२ हजार २५६ पुगेको छ। त्यस्तै, अहिलेसम्म एक करोड ९१ लाख ५७ हजार ९४ जनामा कोरोना पुष्टि भइसकेका छन्।