काठमाडौं। अमेरिकाले भारतबाट हुने यात्रामा प्रतिबन्ध लगाएको छ ।
मे ४ बाट प्रतिबन्ध लागू हुने ह्वाइट हाउस प्रवक्ता जेन साकीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
अमेरिकी नागरिक तथा कानूनी रुपमा स्थायी बसोबासको स्वीकृति पाएका बाहेकलाइ तत्काललाई भारतबाट अमेरिका जान प्रतिबन्ध लगाइएको उनले जनाएकी छन् ।
‘सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) को सल्लाहमा अमेरिकाले यस्तो कदम चालेको जनाइएको छ ।
अमेरिकाले भारतमा रहेका आफ्ना नागरिकलाई छिटो भारत छोड्न समेत आग्रह गरेको छ।