सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

उपत्यकाकाे निषेधाज्ञामा थप कडाइ, खद्यान्न पसल बिहान ७ देखि ९ बजेसम्ममात्र खोल्न पाइने 

उपत्यकाकाे निषेधाज्ञामा थप कडाइ, खद्यान्न पसल बिहान ७ देखि ९ बजेसम्ममात्र खोल्न पाइने 

काठमाडौं । काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा हुने भएको छ । उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठक पछि २९ गतेसम्मको लागि निषेधाज्ञा गर्ने निर्णय भएको हो ।

थप गरिएको निषेधाज्ञामा पहिलेको भन्दा थप कडाइ गरिने छ । मानिसलाई अनावश्यक रुपमा हिंड्डुल गर्न समेत निषेध गरिएको छ । अब मानिस सडकमा अनावश्यक हिंडेको भेटेमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएर कारबाही गर्ने छ ।

खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ । यसअघि बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खाद्यान्न पसल सञ्चालनमा रहेका थिए ।

कोरोना सङ्क्रमण बढेको भन्दै स्थानीय प्रशासनले यसअघि वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend