logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • माओवादीद्वारा सरकारलाई दिएकाे समर्थन फिर्ता (पत्रसहित)

    माओवादीद्वारा सरकारलाई दिएकाे समर्थन फिर्ता (पत्रसहित)

    5.8K
    Shares

    काठमाडाैं ।  नेकपा माओवादी केन्द्रले सरकारकाे समर्थन फिर्ता लिएकाे छ । बुधबार केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको हाे । 

    समर्थन फिर्ता लिइएको माओवादीले संसद सचिवालयलाई जानकारी गराएकाे छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीसमक्ष पत्र बुझाएका हुन् ।

     माओवादी केन्द्रकाे स्थायी समिति सदस्यहरूको मंगलबारको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र त्यसबारेको पत्र बुधबार दर्ता गर्ने निर्णय गरेको थियो ।

    patra.jpg

    Patra 2.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend