काठमाडाैं । ममता बेनर्जी तेस्रोपटक भारत पश्चिम बंगालको मुख्यमन्त्री बनेकी छन् ।
उनले बुधबार राज्यपाल जगदीप धनखडबाट मुख्यमन्त्रीको शपथ लिएकी हुन् । ममता भारतकी एक मात्र महिला मुख्यमन्त्री हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटर मार्फत ममता बेनर्जीलाई फेरि पश्चिम बंगालको मुख्यमन्त्री बनेकोमा बधाई दिएका छन् ।
कोरोना भाइरसको संक्रमणका कारण शपथ ग्रहण समारोह निकै सीमित गरिएको थियाे ।