काठमाडाैं । भारतमा एकै दिन चार लाख भन्दा धेरैमा काेराेना संक्रमण पुष्टि भएको छ भने करिब चार हजार मानिसकाे मृत्यु भएकाे छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार लाख १२ हजार २६२ जनामा संक्रमण पुष्टि भएको छ । यही अवधिमा कोभिड–१९ बाट तीन हजार ९८० जनाको मृत्यु भएको छ ।
हाल भारतमा सक्रिय संक्रमितको संख्या ३५ लाख ६६ हजार ३९८ रहेको छ । अहिलेसम्म भारतमा संक्रमितको संख्या २ करोड १० लाख ७७ हजार भन्दा बढि पुगेको छ । यस्तै अहिलेसम्म २ लाख ३० हजार १६८ जनाकाे मृत्यु भइसकेकाे मन्त्रालयकाे तथ्यांक छ ।