logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • गलत नियुक्तिको प्रयासहरु बन्द गरेर जनताको जीवन रक्षामा ध्यान दिन सरकारलाई नेता नेपालको आह्वान 

    गलत नियुक्तिको प्रयासहरु बन्द गरेर जनताको जीवन रक्षामा ध्यान दिन सरकारलाई नेता नेपालको आह्वान 

    1.6K
    Shares

    काठमाडौं । एमाले नेता माधव कुमार नेपालले गलत बाटोबाट गरिने संवैधानिक नियुक्तिको प्रयासहरु बन्द गरेर जनताको जीवन रक्षामा ध्यान दिन सरकारलाई आह्वान गरेका छन् । उनले  बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य भएको बताएका छन् ।

    शनिबार बिहान ट्वीटरमार्फत उनले भनेका छन्, ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन ।अतस् गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आह्वान गर्दछु।’

    कोरोना महामारी नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन सरकारको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाई छ । ‘कोरोना (कोभिड-१९)भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो ।’–उलने भनेका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सात वटा र बुधबार एउटा गरी ८ वटा अध्यायदेश जारी गरेकी थिइन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend