शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

नेपालमा पनि लगाइएको चिनियाँ खोप भेरोसेललाई डब्ल्यूएचओले दियो अनुमति

नेपालमा पनि लगाइएको चिनियाँ खोप भेरोसेललाई डब्ल्यूएचओले दियो अनुमति

काठमाडौं । नेपालमा पनि प्रयोग गरिएको चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको कोभिड खोप ‘भेरोसेल’लाई विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले आपत्‌कालीन प्रयोगको अनुमति दिएको छ।

चिनियाँ सरकारले नेपालका लागि आठ लाख डोज भेरोसेल खोप अनुदानमा उपलब्ध गराएको थियो । नेपाल र चीन सहित यो खोप अन्य देशमा अहिलेसम्म लाखौँ व्यक्तिहरूलाई दिइसकिएको छ।

यसअघि डब्ल्यूएचओले फाइजर, आस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोडेर्नाले बनाएको खोपलाई अनुमति दिइसकेको छ भने डब्ल्यूएचओले स्वीकृति दिएको भेरासेल खोप पहिलो युरोप बाहिर बनेको कोभिड खोप भएको बीबीसीमा उल्लेख छ । 

डब्ल्यूएचओले अनुमति दिएपछि यो खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत विश्वभर वितरण पनि हुन सक्छ। कोभ्याक्स धनी र गरिब राष्ट्रहरूको खोपमा पहुँच न्यायिक होस् भन्ने उद्देश्यले स्थापना गरिएको हो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend