काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बाेलाएका छन् । सोमबार र बिहीबार नियमित बस्दै आएको मन्त्रिपरिषद बैठक शनिबार साँझ ५ पनि डाकिएको हो ।
बैठकका एजेण्डाबारे जानकारी नभए पनि वैशाख २७ को विश्वासको मत र विकसित राजनीतिक घटनाक्रमबारे ओलीले परामर्श लिन खोजेकाे बताइएकाे छ । प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि यही वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान गरिएको छ ।
विश्वासको मत लिने मिति सार्वजनिक भएपछि प्रमुख राजनीतिक दलहरूबीच आन्तरिक तथा बहुपक्षीय छलफलले तीव्रता पाइरहेकाे छ ।