शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

गण्डकीमा तीन दिनभित्र नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखकाे आह्वान 

गण्डकीमा तीन दिनभित्र नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखकाे आह्वान 

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम गुरुङले दिएको राजीनामा स्वीकृत गरेकी हुन् । 

प्रदेश प्रमुख पाैडेलले तीन दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान पनि गरेकी छिन् । 

अर्काे सरकार गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने जिम्मेवारी गुरुङ नेतृत्वको सरकारमा नै हुने उनले बताएकी छिन् ।

Bigyapti 2.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend