काठमाडाैं । नेकपा एमालेले भोलि प्रधानमन्त्रीले लिने विश्वासको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्विप जारी गरेको छ ।
संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्रीका पक्षमा मतदान गर्न एमालेका सांसदहरुलाई ह्विप जारी गरेका हुन् ।
एमालेका माधवकुमार नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेपछि ह्विप जारी गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भाेलि विश्वासको मत लिने तयारीमा छन् ।