काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यापारी घराना पोस्नका लागि प्रधानमन्त्रीले जनताको स्वास्थ्य जोखिममा राखेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा देउवाले सरकार व्यापारिक घरान पोस्न केन्द्रीत रहेको आरोप लगाएका हुन् । खोप खरिदमा कमिसनको विषयले जनताको स्वास्थ्यप्रति सरकार कति जिम्मेवार छ भन्ने अनुमान लगाउन सकिने उनकाे भनाइ थियाे ।
देउवाले प्रधानमन्त्री भ्रष्टाचार नियन्त्रणमा रुचि नभएको ठहर गर्दै आफैँले भ्रष्टाचारका आरोपीहरूको पक्षपोषण गरेको आरोप पनि लगाए ।
अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बेला नैतिकता गुमाएर पदमा लिप्त रहेको सभापति देउवाको भनाइ थियाे । देउवाले नेपाली कांग्रेसले विश्वासकाे मत नदिने थाहा हुँदाहुँदै पनि मत मागेकाे पनि बताए ।